अज्ञात समूहले जलायो सल्यानमा वडा कार्यालय
अज्ञात समूहलको आगजनीबाट छत्रेश्वरी गाउँपालिका वडा नं। ३ को मुलखोलामा रहेको वडा कार्यालय आगजनी गरेको छ । आगलागी बाट सबै सामान जलेर नष्ट भएका छन्।
ढुङ्गा ताल्चा फोडेर भित्र प्रवेश गरेर सबै कागजात एकै स्थानमा जम्मा गरि आगजनी गरेको र आगजनी बाट सबै कागजात, कम्प्युटर, ल्यापटप, टेबुल, कुर्सि, सोलार प्यानल, फोटो कपी मेसीन, डिजिटल हाजिरी, लगाएतका सामानहरु काम लाग्ने अवस्थामा रहेका छन् ।
मंगलवार विहान १ बजेतिर स्थानीय एक महिलाले वडा कार्यालयमा आगो बलेको देखेपछि गाउँलाई खवर गरेकी थिइन । आगो इलाका प्रहरी कार्यालय लुहामबाट खटेको टोलीले नियन्त्रणमा लिएको थियो ।