अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदै

  २७ श्रावण २०७६, सोमबार १२:५४

काठमाण्डौ  शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ सोमबार अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नम्बरमा छ ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि राष्ट्रिय युवा नीति बनाई युवा विकासका विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website