अरुण तेस्रोको शिलान्यास, वीरगन्ज-काठमाडौं रेलमार्ग छिटै सुरू गरिनेः मोदी
काठमाण्डौ- बैशाख २८,
दुई देशका प्रधानमन्त्रीले होटल द्वारिकाजबाट रिमोट कन्ट्रोल स्वीचको सहायताले आयोजनाको शिलान्यास गरेका छन् ।
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेस्रो जिम्मा पाएको १० वर्षपछि आयोजना निर्माणको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गरेका हुन ।
राजधानीस्थित होटल द्वारिकाजमा भएको द्वीपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नोटबन्दी, कृषि, जलमार्ग निर्माण र थप हवाई रूटलगायत विषयमा गम्भीर छलफल भएको बताए।
‘जलमार्गको सम्भावना अध्ययनका लागि भारतले छिट्टै प्राविधिक टोली पठाउने छ’, ओलीले भने, ‘नेपाली बैकमा रहेका भारतीय नोट र थप हवाई रूटबारे कुरा राखेका छौं।’
ओलीले द्विपक्षीय वार्ताको क्रममा व्यापार घाटाको विषय समेत आफूले राखेको बताए। ओलीले बाढी पीडितको समस्या समाधानका लागि दुई देशले कार्यदल खटाउने समझदारी भएको उल्लेख गरे।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई समुद्रसँग जोड्ने प्रधानमन्त्री ओलीको योजनामा सक्दो सहयोग गर्न तयार भएको बताए।
‘एक महिनाअघि ओलीजी दिल्लीमा आउँदा हामीले रेल, जलमार्ग र कृषिका बारेमा केही समझदारी गरेका थियौं, मलाई खुसी लागेको दुबै देशका अधिकारीले ती समझदारीमा धेरै काम अघि बढाइसकेका छन्,’ मोदीले भने, ‘रक्सौल-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन छिटै हुनेछ।