अविरल बर्षाका कारण पहिरोले सल्यानको बाफुखोलामा ९ वटा बाख्रा सहित ३ घर बगायो

  ४ भाद्र २०७७, बिहीबार २०:२८

बुधबार राती परेको अविरल बर्षाका कारण पहिरोले सल्यानको बाफुखोलामा ९ वटा बाख्रा सहित ३ घर बगाएको छ ।

पहिरोमा परी बाघचौर नगरपालिका वडा नम्बर १२ को ओख्रेनिका सुरबिर वली, वीर बहादुर डाङीको घर र गङाराम डाङी को घर र ९ वटा बाख्रा बगेको बताएको छ । बर्षा संगै आयको बाढीले बगर बजारमा रहेको इन्द्रबहादुर खत्रीको पसलमा रहेको करिब २ लाख ५० हजार बराबरको सामान बगाएको छ भने दुर्गा माबिको जग्गा र सोही स्थानको कुलोमा समेत क्षति पुर्यायको छ ।

बाढी पहिरो प्रभावितलाई नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बाघचौर नगरपालिका स्थानीय बासी लगायतबाट भएको उद्दार प्रति आभार व्यक्त गर्दै नेपाली काङ्रेस महाधिवेशन प्रतिनिधि दिपेन्द्र कुमार खत्रीले पहिरोबाट बिस्थापित भै छिमेकीको घरमा आस्रय लियका अध्यारीखोलाका १२ परिवारलाई सहयोग पुर्याउन सम्बन्धित निकायलाई आग्रह गर्नु भयको छ । नेपाल चेम्बर अफ कमर्स कर्णालीका अध्यक्ष समेत रहेका खत्रीले पीडितलाई आफूलेपनि राहत सामग्री पठाउने बताउनु भयको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website