अविरल वर्षाका कारण ग्रामिण सडकसँगै सल्ली रुकुम चौहरजारि सडक पुर्णरुपमा वन्द
दुर्गा वि.सी.
अविरल परेको वर्षाका कारण सल्यान पश्चिम रुटमा चल्ने यातायातका साधान गन्तव्यमा पुग्न सकेका छैनन् । सल्लीवजार हुदै रुकुम चौहरजारि,सुर्खेत,जाजरकोट, नेपालगञ्ज र काठमाण्डौं जाने यात्रुवाहक तथा मालवाहक गाडिहरु विचबाटोमै अलपत्र परेका छन् । बनगाड खोलामा पानीको वाहाव वढेका कारण सल्ली चौहरजारि सडक खण्ड पुर्णरुपमा वन्द भएको छ । त्यसै गरि छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलामा समेत गाडिहरु आवतजावत गर्न कठिनाई परेको छ । दुवै सडकको निर्माणधिन पुलहरुको काम सुस्त गतीमा भएका कारण यात्रुहरुले दुख खेपिरहेका छन् । वालुवासँग्रहि हुदै सल्यान खलंगा सडक खण्डको ज्यामिरेमा पहिरो गएका कारण सडकमा विहानै देखि गाडिहरु चल्न सकिरहेका छैनन् । त्यसै गरि सल्ली चौहरजारि सडक खण्ड पुर्णरुपमा वन्द भएको छ ।