जन्मदिनको अवसरमा सल्यान जिल्ला अस्पताललाई खानेपानी ट्याङ्की हस्तान्तरण

  १६ मंसिर २०७७, मंगलवार १६:३९

पदम गिरी

नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि एवम् उद्योग तथा ब्यपार संघका केन्द्रिय सदस्य बागचौर नगरपालिका १२ का दिपेन्द्र कुमार खत्रीले आफ्नो ५० औ जन्मदिनको अवसरमा जिल्ला अस्पताल सल्यानमा बिरामिहरुको सुविधाको लागि खानेपानी ट्याङ्की उपलब्ध गराउनु भएको छ ।


मंगलबार एक कार्यक्रमका विच नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले सल्यान जिल्ला अस्पताललाई उक्त ट्याङ्की हस्ताणन्तरण गर्नुभएको थियो । सोही कार्यक्रममा बाल्दै सचिव भण्डारीले सल्यान अस्पतालमा आउदा आफुलाई स्वच्छ खानेपानीको लागि ट्याङ्की आवश्यक रहेको जानकारी पाएको र दिपेन्द्र कुमार खत्री उपलब्ध गराएको ट्याङ्की हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउनु भयो ।

सल्यान अस्पतालका डा.प्रदि शर्माले स्वच्छ खानेपानीको लागि ट्याङ्की उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । समाजसेवी भावनाले अस्पतालमा खानेपानीको ट्याङ्की उपलब्ध गराइदिएकोको स्वास्थ्य सेवा कार्यलयका निमित्ति कार्यलय प्रमुख नवराज आचार्यले ट्याङ्की उपलब्ध गराइदिनुहुने दिपेन्द्र कुमारी खत्रीलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यलय सल्यानका निमित्त कार्यालय प्रमुख नवराज आचार्य, प्रेस युनियन सल्यानका उपाध्यक्ष राजेश शर्मा, नेवि संघ सल्यानका उपाध्यक्ष प्रेम नारायण , जिल्ला अस्पाताल सल्यानमा कार्यरत कर्मचारी लगाएतको उपस्थित रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website