आइतबार शारदा नगरपालिकामा सार्वजनिक बिदा .

  २५ पुष २०७६, शुक्रबार १५:५२

२५ पौष, सल्यान
शारदा नगरपालिका सल्यानले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा पौष २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शारदा नगरपालिका भित्रका सबै सरकारी तथा गैर सरकारी संस्था, विद्यालय लाई सार्वजनिक विदा दिइएको हो ।


ठकुरी सहयोग संजाल सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यान र शारदा नगरपालिकाको कार्यालय लाई पुस २७ गते आइतबार पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस को दिन सार्वजनिक बिदा को लागि माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

शारदा नगरपालिकाले विदा स्वीकृत गरेकोमा संजालले खुशी व्यक्त गर्नुका साथै पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउने संजालका अध्यक्ष अभिषेक हमालले बताउनु भयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website