शारदा नगरपालिका ५ आकाशे पानी संकलन गर्न ट्यांकी निर्माण ।

  २० असार २०७६, शुक्रबार २०:०८

पदम गिरी

गर्मीयाममा हुने खानेपानीको समस्या कम गर्न शारदा नगरपालिका वडा नं. ५ मा आकाशे पानी संकलन गर्न थालिएको छ । अहिले शारदा नगरपालिका दुई उच्च बस्तीमा पानी संकलनका लागि नमुना ट्यांकी बनाईएको हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ मा रहेको कोटानेटा र धामीटाकुरामा आकाशे पानी संकलन गर्न थालिएको हो । अहिले यहाँका स्थानियले ह्याम पम्पबाट पानी तान्ने गरेका छन् ।


बिगतमा खानेपानीको निकै समस्या थियो, एक गाग्री पानी ल्याउन पनि २ घण्टा बढी समस्या लाग्ने गरेको थियो’ स्थानिय सिता बस्नेतले भन्नुभयो —‘अहिले घरमा नै आकाशे पानी संकलन गर्न टंयाकी निर्माण गरेका छौँ, टंयाकीमा संकलन भएको पानी ह्याम पम्पबाट तानेर प्रयोग गछौँ ।’ अर्का स्थानिय वासी दल बहादुर रावतका अनुसार गाई वस्तुलाई पानी खुवाउन, कपडा धुन प्रयोग गर्ने गरेको र यो पानी संकलन हुन थाले पछि आफुहरुलाई धेरै सजिलो भएको वताउनु भयो ।


शारदा नगरपालिका सव इन्जिनियर ओम बहादुर यरीका अनुसार यो १० हजार लिटर बरावरको ट्यांकी र यसमा रहेको पानी ३ महिना सम्म प्रयोग गर्न सकिने बताउनु भयो । यो ट्यांकी जमिन भन्दा मुनि बनाएको र यस्मा कहि कतै बाट धुलाको कणहरु नपस्ने हुदा मुलको पानी जस्तै स्वच्छ हुने जानकारी गराउनु भयो ।


यहाँको कोटानेटा र धामीटाकुरामा ८ घरधुरीमा १० हजार लिटर क्षमताका ट्यांकी बनाइएको हो । अहिले सबै ट्यांकीमा अकाशेपानी संकलन भइरहेको छ । शारदा नगरपालिका ५ का वडाअध्यक्ष प्रदिप शाहीले यो ठाउँ धेरै उचाई भएको र मुलको पानी माथी सम्म पु¥याउन नसक्ने भएको हुदाँ आकासे पानी संकलन गरेको र यस ठाउँमा चाडै नै लिफ्ट सिस्टम बाट पानी पु¥याउने बताउनु भयो । शारदा नगरपालिकाको रु ४ लाख ५० हजार लागतमा ८ घरमा आकाशे पानी संकलन गर्न ट्यांकी निमार्ण गरिएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website