आगलागि पिडित लाई दैविक प्रकोपको समिति र स्थानिय तहको राहात
सल्यान जिल्लाका बिभिन्न स्थानमा रहेका सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा मृत्यू भएका, सक्त घाईते भएका र मानव बस्तीमा आउदाँ घरगोठ जलेर नष्ट भएका पिडित परिवारलाई राहत बितरण गरिएको छ । जिल्ला दैविक प्रकोप उद्धार समिती सल्यान र छत्रेश्वरी गाउपालिका र कपुरकोट गाउपालिकाले राहत बितरण गरेको छ ।
आगलागी पिडित छत्रेश्वरी गाउँपालिका ६ रामकाँडाका टुल्क बहादुर बुढाथोकी, ओम बहादुर राणा, जित बहादुर राणा, गौरी लाल राणा, पदम राणा र हरि बहादुर राणाको परिवारलाई ५÷५ हजार नगद सहित त्रिपाल, ब्लाङकेट, कपडा भाँडाकुडा लगाएतका सामाग्रीहरु बितरण गरिएको छ । कपुरकोट गाउपालिका ३ मुलपानी स्थित आगलागी पिडित बिर्जलाल खड्काको परिवारलाई पनि राहत बितरण गरिएको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितीको तर्फबाट ५ हजार रुपैँया नगद सहित जिंसी सामाग्री थियो भने कपुरकोट गाउपालिकाको नगद राहत स्वरुप ५ हजार रुपैँया गाँउ पालिकाका अध्यक्ष भिम बहादुर सेनले प्रदान गर्नुभएको थियो । यस्तै शारदा नगरपालिका ८ का थम बहादुर खत्री र वडा नम्बर १० का भिम बहादुर कुवरको परिवारलाई पनि राहत सामाग्री प्रदान गरिएको छ ।
यसैबिच छत्रेश्वरी गाउपालिकाले पनि आगलागी पिडित परिवारलाई राहत बितरण गरेको छ । सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर मृत्यू भएको छत्रेश्वरी गाउपालिका ६ सिमपानी निबासी ६५ बर्षिय पेन्टी बोहराको परिवारलाई राहत स्वरुप २५ हजार रुपैँया गाउपालिका अध्यक्ष सन्तोष केसीले प्रदान गर्नुभएको छ । यस्तै आगलागी नियन्त्रण गर्ने क्रममा घाईते भएका ४० बर्षिय खगेन्द्र बोहराको परिवारलाई ८ हजार रुपैँया राहत प्रदान गरिएको छ ।
यस्तै आगलागीका कारण घर जलेर नष्ट भएका टुल्क बहादुर बुढाथोकी, उम बहादुर राणाको परिवारलाई ७÷७ हजार रुपैँया राहत प्रदान गरिएको छ । यस्तै जित बहादुर राणा, गौरी लाल राणा, पदम राणा र हरि बहादुर राणाको परिवारलाई ५÷५ हजार रुपैँया राहत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेको नेतृत्वमा सबुज गणका प्रमुख सेनानी घनश्याम भट्टरराई, जिल्ला प्रहरी प्रमुख डिएस्पी बिरेन्द्र बहादुर शाहि, शसस्त्र प्रहरी गुल्म सल्यानका प्रमुख डिएस्पी बिमल डाँगी पत्रकार लगाएतको टोलीले राहात सामाग्री वितरण गरेको थियो ।