आजको राशिफल हेर्नुहोस

  ९ जेष्ठ २०७५, बुधबार ०७:१५

हरेक पोस्ट

२०७५, ज्येष्ठ ९ गते बुधबार 

मेष: दिन उचित खालको रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । बुद्धिविवेक पनि निकै व्रियाशील रहनेछ । शरीर स्वस्थ रहनेछ ।

वृष: दिन प्रतिकूल छ । आँटेको काममा व्यवधान आउनसक्छ । मनमा दुविधाले डेरा जमाउनेछ । महत्त्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

मिथुन: दिन राम्रो छ । कामप्रति जोश, जाँगर बढ्नेछ । विलासिताका सामान किनमेल हुनसक्छ । दीर्घकालीन काम बन्नेछ । यश, कीर्ति मिल्नेछ ।

 

कर्कट: दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । नयाँ कामको अवसर मिल्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

 

सिंह: दिन भाग्यवर्धक रहनेछ । बौद्धिक काम हुनेछ । पढाइ लेखाइतिर मन जानेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ ।

 

कन्या: दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । धैर्य गर्नु पर्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

 

तुला: दिन उत्तम रहनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

 

वृश्चिक:दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । आँटे ताकेको काममा सफलता पाइनेछ । मन सन्तोष रहनेछ । सम्मानित भइनेछ ।

 

धनु: दिन ठिक रहनेछ । धर्मकर्मतिर रूचि बढ्नेछ । स्वास्थ्य निकै सबल रहनेछ । परोपकार गरिनेछ  । मनमा सन्तोष मिल्नेछ ।

 

मकर: दिन प्रतिकूल रहनेछ । अशुभ समाचारले मन खिन्न बनाउन सक्छ । महत्त्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

 

कुम्भ–दिन अत्युत्तम रहनेछ । यात्राको योग छ । सन्तान सुख मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । रमाइलो गरिनेछ ।

 

मीन–दिन उत्तम रहनेछ । आँटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । मावलीतिरबाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।

  • 3
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website