आज गाठेमंगल गथांमुग सल्यान खलंगाको (फोटो फिचर)

  १४ श्रावण २०७६, मंगलवार ११:०१

आज गाठेमंगल गथांमुग अर्थात घण्टाकर्ण नेवार समुदायमा मनाइने वर्षभरिकै पहिलो चाड हो गथांमुग साउन कृष्णपक्षको चतुदर्शी तिथिका दिन पर्ने यो पर्वलाई घण्टाकर्ण चतुर्दशीु पनि भनिन्छ। आज नर्कट र छ्वालीको लिङ्गाकृत तीनखुट्टे गथांमुगः बनाई टोलका दोबाटो चौबाटोमा ठड्याईन्छ।

गथांमुगः ठड्याएपछि केटाकेटीहरुले दिनभरि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर बटुवाहरुसंग घण्टासुरलाई जगात देऊ भनी पैसा माग्ने चलन रहेको छ । बेलुकीपख छ्वालीको चिराग समात्दै टोलबासीहरु गथांमुगःको तीनपल्ट परिक्रमा गरेर ढालेपछि यसलाई नजिकको नदिमा लगेर दहन गर्ने गरिन्छ ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website