आफ्नो तलव भत्ता कटौती गरि विपन्न वालवालीकालाई
सुर्खेतका सिम्ता गाउँपालिकाका एक जनप्रतिनीधीले हाल सम्मको तलव भत्ता सामाजिक क्षेत्रमा प्रयोग गर्ने गरेको भेटिएको छ । सिम्ता गाउँपालीका वडा नं. ३ का वडा सदस्य लोक वहादुर शाहीले नेपाल सकारले दिएको मासिक ५ हजार रुपैयाँ विद्यालयका जेहेन्दार तथा गरिव वालवालीकाका लागि छात्रवृत्तिका रुपमा प्रदान गर्ने गर्नु भएको छ ।
श्री आधारभुत विद्यालय झ्यामका अतिविपन्न जेहेन्दार तथा गरिव वालवालीकालाई २५ हजारको अक्षकोष स्थापना गरिदिनु भएको छ । साथै विद्यालयका विपन्न वालवलीकाको स्टेशनरि खर्च स्वरुप विद्यार्थी पवित्र जैसि र नविन वि.कलाई ४ हजार नगदै दिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जितवहादुर सिंहले जनाकारि दिनु भएको छ । त्यसै गरि २ वर्ष अघिको तलव भत्ता शाहीले मावि लापुका अती गरिव वालवालीकालाई छात्रावृत्ति स्वरुप ५० हजारको अक्षकोष स्थापना गरिदिनु भएको छ । उक्त रकम अती विपन्न वालवालीकालाई छात्रवृत्तिका रुपमा दिईदै आएको छ ।
त्यसै गरि विश्व साकिल यात्री वालकृष्ण शाहीलाई पनि यहाँले ३० हजार नगदै सहयोग गर्नु भएको थियो । शाहीले आफ्नो कार्याकाल भरि राज्यले दिएको जे जति सेवा सुविधा र तलव भत्ता सामाजिक क्षेत्रमा प्रयोग गर्ने घोषाण गर्नु भएको छ । उक्त रकम स्वर्गिय दाजु यामु शाही,वुवा गंगा शाही र आमा चोचि शाहीको सम्झनामा स्मृतिकोष खडा गर्ने गर्नु भएको छ । विद्यालयहरु देखि सिम्ता क्षेत्रका स्थानीहरुले भने उहाँको यो कार्यको प्रसंसा गरका छन् । थोरै तलव भए पनि उहाँले गरिव दिनदुखि वालवालीकालार्ई पठन पाठनमा मलमपटि लगाउने काम गर्नु भएको छ । नेकपाका पार्टि सदस्य समेत रहेका शाही अन्य जनप्रतिनीधी भन्दा फरक स्वभावको हुनु हुनुहुन्छ । समाजक अन्य क्षेत्रमा समेत उहाँको काम गर्ने शैली नितान्त निस्वार्थमुलक रहेको देखिन्छ ।