इलाका प्रहरि कार्यालय सल्लीवजारको नयाँ भवन वन्दै
दुर्गा वि।सी।/श्रावाण,१५
सल्याको बनगाड कुपिण्डे नगरपालिकाको सल्लीवजारमा इलाका प्रहरि कार्यालयको भवन निर्माणको कार्य सुरु भएको छ । विगत लामो समयमा देखि असुरक्षित आवासमा कार्यालय सञ्चालन गर्दे आएको इप्रकाले समयमा काम सम्पन्न भए अर्को वर्ष सुन्दर आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने जनाएको छ । अढाई तलाको १६ कोठे भवनको लागि कर्णालि प्रदेश सरकारको तर्फबाट २ करोड ३० लाख ७७ हजार ५ सय पैतीस रुपैयाको वजेट विनीयोजन गरिएको थियो । सोहि रकममा देव सिं निर्माण सेवा प्रा।ली कैलाली निर्माण कम्पनीका कृष्ण वहादुर स्वाँर र जिल्ला प्रहरि कार्यालय सल्यान विच मिती २०७६ जेष्ठ २४ गतेका दिन मिती २०७७ जेष्ठ २३ गतेका दिन काम सम्पन्न गर्ने भनेर सम्झौता भएको छ । निर्धारित समयमै काम सुरुवात भएको छ ।
इलाका प्रहरि कार्यालय सल्लीवजारको कार्यालय,व्यारेक,भवन मेस,शौचालय तथा स्नान गृह समेत निर्माण हुने भएको छ । अहिले सम्म भवन नहुदाँ जिर्ण घरमा भाडा तीरेर प्रहरिले सल्यान पश्चिमका नागरिको जनधनको सुरक्षा गर्दे आएको छ । आफु असुरक्षित आवसमा भए पनि प्रहरिले नागरिकको सुरक्षा प्रति वफादार भएको इलाका प्रहरि कार्यालय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ । भवन निर्माणको काम हेरिरहेका कम्पनि प्रतिनिधी इन्द्रवहादुर चन्दका अनुसार समयमा काम सक्ने लक्ष्यका साथ कम्पनीले कामलाई तीव्रता दिएको जनाउनु भएको छ । १ वर्ष भित्रै काम सम्पन्न गर्ने निमार्ण कम्पनीको दावि छ ।