उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढि मुद्धा फर्छयौट

  १ श्रावण २०७६, बुधबार २०:१५

उच्च अदालत तुलसीपुरले एक बर्षमा लक्ष्य भन्दा धेरै मुद्धा फर्छयौट गर्न सफल भएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीका अनुसार गएको आर्थिक बर्ष २०७५ र ०७६ मा ६ सय ६ वटा मुद्धा फर्छयौट गर्न सफल भएको हो ।

५५३ मुद्धा फर्छयौटको लक्ष्य लिईएकोमा ६ सय ६ मुद्धा फर्छयौट गर्न सफल भएको उहाँको जानकारी दिनुभयो । गएको बर्ष ६ सय ६ वटा नयाँ मुद्धा दर्ता गर्ने लक्ष्य लिएकोमा ६ सय १७ वटा दर्ता भएका छन् । जसमा एकसय ८४ अघिल्लो आर्थिक बर्ष जिम्मेवारी सरेर आएको र गएको दर्ता भएका ६ सय १७ गरि ८ सय एक मुद्धा दर्ता भएका थिए ।
जसमा गएको आर्थिक बर्षको नौ महिना भित्रमा ४ सय ८७ फर्छयौट भएका थिए, भने ९ महिना देखि एक बर्ष भित्रमा ६८, एक बर्षदेखि १८ महिना भित्रका २६, १८ महिनादेखि २ बर्ष भित्रका २५ गरि जम्मा ६ सय ६ वटा मुद्धा फर्छयौट भएका हुन् । गएको वर्ष दर्ता भएका मुद्धा मध्ये ९ महिनाभित्रका १ सय ७९, नौ महिनादेखी एक बर्ष भित्रका १६ गरि एकसय ९५ मुद्धा फर्छयौट गर्न बाँकी रहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website