उर्लिदो भेरीमा युवाहरु भेल खेलेर साउने स्रकान्ती मनाए
दुर्गा वि.सी/भाद्र १
सल्यानको बन्गाड कुपिण्डे नगरपालीका १ अम्राका स्थानी आज भद्रा १ गतेलाई भेल खेल्ने चाडका रुपमा मनाउने गर्दछन् । चाडपर्वको आगमन भएको वताउने यो भेल खेल्ने चलन परम्परागत रुपमा रहेको छ । प्रत्यक वर्षको भद्रा १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा वालवालीका जंगल पुगेर पिंङ्ग खेल्नको लागि वावियो ९कैयाँर० काटेर ल्याउने चलन रहेको छ ।
कोहि जमिन छोड्ने भनेर भेरीमा भेल खेल्दै थिए भने अन्य पिंङ्ग खेलेर रमाईरहेका थिए । जंगलबाट काटेर ल्याएको वावियो वुढापाकार र युवाले बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ । उर्लिदो भेरीमा युवाहरुले भेल खेलेर पून्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको स्थानीय जानकार गञ्जमान वस्नेतको भनाई छ । पछिल्लो पुस्ताले भेल्ने खेल्ने पर्वलाई विर्सिए पनि अझै वुढापाकाहरु भने यसको महत्व निकै रहेको वताउने गरेका छन् । अम्राका ७२ वर्षीया डिले वुढाका अनुसार पहिले पहिले टाढा टाढाबाट भेरीमा भेल्न खेल्ने आउने गरेको वताए । तर आज भोलि आएर यो पर्वलाई खासै महत्व नदिएको उनको भनाई छ । चाडपर्वको सुरुवातीका रुपमा मनाउने यो पर्व धार्मिक रुपले यसको फलदाय महत्व रहेको जनाउँछन् । विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बन्गाड मोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए । उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा चिन्ह वाँधेर उक्त भेलमा पसेका थिए । ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दे रमाउदै भेलमा रमाईलो गरिरहेका थिए ।
युवा पिढिंको नेतृत्व गर्दे स्थानीय दोर्ण यरिका अनुसार आफ्नो संस्कार संस्कृतीलाइ वचाई राख्न यो पर्वलाई विशेष रुपमा मानाउने गरिएको वताउँनु हुन्छ । भाद्र संक्रान्तीलाई चाडपर्वको आगमनका रुपमा लिने गरिएको छ । भेरी नदिमा यतीवेला उच्च पानीको वाफ भए पनि नडाई धेरै युवाहरु भेल खेल्ने परम्परालाई भने निरन्तराता दिईरहेका छन् । वढापाका हुदै युवा देखि वच्चावच्ची समेत कोहि पिंक खेलरे रमाईलो गर्छन भने कोहि भेरीमा भले खेलेर यो पर्व मनाउने परम्परा रहि आएको छ ।