ऋषि धमलाकी पत्नी एलिजाको समुन्द्रसंग रोमान्स, भिडियो हेर्नुहोस

  ४ जेष्ठ २०७५, शुक्रबार १८:२४

हरेक पोस्ट

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको पहिलो चलचित्र ‘अनुराग’का दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि डान्सिङ नम्बर ‘कान्छा दाइ गाना बजाई देउन’बोलको गीत सार्वजनिक भएको थियो ।

‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा सत्यराज यसआरसीको शब्द, सरोज पोखरेलको सङ्गीत रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित फिचर छन् । एरिका फिल्मस्को ब्यानरमा ऋषि धमलाको प्रस्तुति रहेको चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । अनुरागमा एलिजा र समुन्द्रको साथमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आउँदो साउन २५ गतेबाट प्रदर्शनमा आउँदै छ ।

भिडियो हेर्नुहोस 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website