एमाले-माओवादी मिलेर नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी !

  ३ जेष्ठ २०७५, बिहीबार २१:५३

हरेक पोष्ट​

काठमाडौं-३ जेठ,

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ ।

२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

२००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ कम्युनिष्ट पार्टीका संस्थापक थिए।

४ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो। भनिन्छ- ७० वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक नै फुट्यो।

झन्डै ७० वर्षको इतिहासमा आज नेकपा एमाले र माओवादी केन्द्रबीच  एकता भएको छ। यो एकतासँगै विशाल एकीकृत कम्युनिष्ट पार्टी  बनेको छ।

नयाँ बनेको कम्युनिष्ट पार्टीमा ओली र पुष्पकमल दाहाल सहअध्यक्ष छन्।

त्यस्तै माधवकुमार नेपाल र झलनाथ खनाल बरिष्ठ नेता बनेका छन्।

सम्बोधन क्रममा  प्रधानमन्त्री ओलीले अर्को चुनावमा कम्युनिष्ट पार्टीले  तीन चौथाइ बहुमत ल्याउने दाबी गरे।

उनले यो एकता कसैका विरुद्ध नभएर गरीबीका विरुद्ध भएको बताए।

ओलीले आफू आज जीवनमा सबैभन्दा बढी खुसी भएको बताए।

आजभन्दा झन्डै ७० वर्षअघि ४ जना मिलेर बनाएको नेपाल कम्युनिष्ट पार्टी अहिले नेपालको सबैभन्दा  शक्तिशाली पार्टी बनेको छ र नेताहरूले अब फुटको श्रृंखला नदोहोर्‍याउने प्रतिवद्धता जनाएका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website