‘ए मेरो हजुर ३’को हिरोमा अनमोल पक्का, झरणाकी छोरी सुहानीसँग गर्नेछन रोमान्स
काठमाण्डौ- जेठ १२,
‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्ने पक्का भएको छ ।
अहिले चलचित्र ‘क्याप्टेन’को छायांकनमा व्यस्त नायक अनमोल केसीले नयाँ चलचित्र साइन गरेका हुन । चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि झरना र निर्माता सुनिलकुमार थापाले यसको तेश्रो सिक्वेल बनाउने भएका हुन ।
यो चलचित्रमा नायिकाको रुपमा सुहानी थापाले काम गर्दैछिन । सुहानी नायिका झरना थापाकी छोरी हुन । जसले, चलचित्रमा डेब्यूका लागि उपयुक्त समय पर्खिरहेकी थीन । उनै, सुहानीले अब अनमोलको जोडीको रुपमा होम प्रोडक्शनको चलचित्रमा काम गर्नेछिन ।
चलचित्र क्षेत्रमै लामो समय बिताएका नायक भूवन केसीका छोरा अनमोल केसी र नायिका झरना थापाकी छोरी सुहानी थापाको जोडीले चलचित्र क्षेत्रमा चर्चा पाउने पक्का छ ।