करारमा रहेका कर्मचारीहरु हटाउनु पर्ने माग राख्दै गाउँसभाको बैठक बहिस्कार गरेपछि, गाउँपालिकामा बजेट पास हुन सकेन

  २३ श्रावण २०७७, शुक्रबार १७:३४

करारमा रहेका कर्मचारीहरु हटाउनु पर्ने माग राख्दै गाउँसभाको बैठक बहिस्कार गरेपछि छत्रेश्वरी गाउँपालिकामा अहिलेसम्म बजेट स्वीकृत हुन सकेको छैन । पालिकाका ५ जना वडाध्यक्षहरुले गाउँपालिकमा २० वर्षदेखि कार्यरत कर्मचारीहरूलाई हटाउनुपर्ने माग राख्दै गाउँसभा बहिष्कार गरेपछि गाउँपालिकाका बजेट पास हुन नसकेको हो ।


गाउँपालिकामा वडाध्यक्षहरूले उठाउने अरू कुनै एजेन्डा नभएपछि करार कर्मचारी हटाउनुपर्ने माग राखेर बजेट पास हुनबाट रोकेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताउनु भयो । बिगतमा कार्यपालिका बैठकबाट निर्णय गरेर करारमा कर्मचारी भर्ना गरिएको बताउदैँ अहिले ती कर्मचारी हटाउन नसकिने बताउनुभयो । ‘गाउपालिकामा करार, राहत लगाएतको गरेर २ सय बढी कर्मचारी छन्, बर्षेनी उनीहरुको सेवासुबिधामा २ करोड बढी खर्च हुन्छ, तर नेकपा समर्थित कार्यपालिका सदस्यहरुले भनेजसरी कर्मचारी हटाउन नसकिने धारण राख्नुभभयो । । गाउँपालिक ाभित्र गलत कार्य भएको छ भन्ने उहाँहरूसँग कुनै पनि एजेन्डा र विषय नभएपछि गाउँपालिकामा रहेका करार कर्मचारी हटाउनुपर्ने माग राखेको अध्यक्ष के.सी.ले बताउनु भयो ।

बिहीबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले अहिले पनि गाउँपालिकामा कर्मचारीहरूको अपुग रहेको र ‘हिजोका दिनहरुमा उहाँहरूकै सहमतिमा कार्यपालिकाले निर्णय गरेर कर्मचारी भर्ना गरिएको हो, अहिले बीचमा आएर उहाँहरूको कस्तोखाले माग हो यो ?’, अध्यक्ष केसीले भने, ‘आज पनि विद्यालयहरूमा शिक्षक नपुगेर भर्ना गर्नुपर्ने अवस्था छ, गाउँपालिकामा कर्मचारी बढी भएका छन् भने विद्यालयमा काजमा पठाएर काममा नि लगाउन सकिन्छ तर उहाँहरूले भनेजस्तो कर्मचारी हटाएर गाउँपालिकामा कुनै कायाँपलट हँुदैन ।’
जिल्लाका १० वटै स्थानीयतहहरू मध्ये आपूmले उत्कृष्ट काम गर्ने उद्देश्यले काम गरिरहेको भन्दै बहुमतको नाममा पटकपटक घेराबन्दी गर्न खोजिएको उहाको भनाइ छ । ‘गाउँपालिकामा उहाँहरूकै सहमतिमा सबै काम भएका छन्, वडाध्यक्षकै छोराछोरी गाउँपालिकामा करारमा कार्यरत छन् उहाँहरूले आफनै विरुद्ध छोराछोरी आन्दोलनमा उतार्नुभएको छ’, अध्यक्ष केसीले भने ।

गाउँपालिकाभित्र कुनै पनि किसिमका चलखेल हुन नदिएकाले आपूmलाई असफल बनाउन लागेको उनको भनाइ छ । ‘कार्यपालिकाको बैठकमा पेस हुने धेरै एजेन्डा हुन्छन् नियत सफा भए उहाँहरूले अरू मागमा निर्णय गरेर एउटा निर्णयमा नोट अफ डिसेन्ट लेख्न सक्नुहुन्छ तर उहाँहरू बोलाएका कुनै बैठकमा उपस्थिति नभएर बाहिरबाहिर कुरा गरिरहनुभएको छ’, अध्यक्ष केसीले भने ।


यता करारमा नियुक्त भएका, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकले गाउँपालिकामा हाजिर गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकाले सुरुमा आपूmहरूलाई कार्यपालिकाको निर्णयअनुसार राखेकोले निरन्तरता दिनुपर्ने उनीहरूको माग छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website