करेन्ट लागेर सल्यानमा एक महिलाको मुत्यु ।

  २७ जेष्ठ २०७६, सोमबार १६:०७

सल्यानमा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी अन्दाजी ३८ वर्षकी भुमी ओलीकोे करेन्ट लागेर मुत्यू भएको हो ।

विद्युतको तार जमिन छुने गरि भुइमा झरेको र बारीमा घास काट्न गएको बेला तारमा लट्पटिएर ज्यान गएको इलाका प्रहरी कार्यलय थारमारेका हवल्दार मान बहादुर सार्कीले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पाताल सल्यानमा ल्याइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website