कर्णाली प्रदेशको आगामी बजेट बारे छलफल ।

  ४ जेष्ठ २०७६, शनिबार १७:२०

पदम गिरी
जेठ ४ सल्यान, कर्णाली प्रदेशका लागि आर्थिक बर्ष २०७६÷०७७ को पूर्व बजेट छलफल तथा सुझाव संकलन कार्यक्रमलाई शनीबार सल्यान खलंगामा सम्पन्न भएको छ । आर्थिक मामीला तथा योजना मन्त्रालय कर्णाली प्रदेशले स्थानिय आवश्यकता चाहान र प्राथमिकतालाई कसरी बजेटमा समेट्न सकिन्छ भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताएको छ ।


सो कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिकास निर्माणका कामहरुमा राजनिति नगर्न आग्रह गर्नु भएको छ । मन्त्री ज्वालाले पार्टीका कामलाई बिकास निर्माणका कार्यहरु सँग जोड्नु जनतामाथिको बेईमानी हुने बताउनुभयो । ‘बिकास जनताका लागी गर्ने, जनतालाई समृद्ध, सुसुचित गराउनको लागी बिकास गर्ने हो, त्यसैले जोसुकैले भएपनि, जहाँ बिकास गरेपनि हाम्रा लागी गरिएको बिकास हो भन्ने बुझ्नु पर्दछ’— उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा सहभागिहरुले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा सल्यानलाई बिशेष प्राथामिकता दिने बताउदै आगामी आर्थिक बर्षमा पूर्बाधार बिकाससँगै कृषि, स्वास्थ्य, शिक्षा, बिद्युक्त, पर्यटन लगाएतका क्षेत्रहरुलाई प्राथामिकतामा राख्न जोड दिएका थियो ।
जिल्ला सम्वन्य समिति सल्यानका प्रमुख केश बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय निकायका प्रमुख एवम् प्रतिनिधि, शुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि, ब्यापारी, पत्रकार लगाएको उपस्थिति रहेको थियो ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website