कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजानिक
सुर्खेत- आगामी आर्थिक वर्ष २०७६/७७ को लागि कर्णाली प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुधबार प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो । सरकारका तर्फबाट प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसवर्षको नीति तथा कार्यक्रममा सरकारले पूर्वाधार विकास, पर्यटन, कृषि, स्वास्थ्य शिक्षा र ऊर्जालाई विशेष प्राथमिकता राखेको छ।