कर्णाली प्रदेश सरकाल छिट्टै पूर्णता पाउछ मुख्य मन्त्रि शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनु भएको छ । सबै पार्टीका जिल्ला देखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भएपनि अब छिट्टै सरकार विस्तार गरिने उनले बताउनुभयो ।
आइतबार नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले मन्त्री परिषद् विस्तारमा ढिलाइ भएपनि सरकारका काम कारबाही नियमित चलीरहेको दाबी गर्नुभयो । यस्तै मुख्य मन्त्रि शाहीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन ६ ब लागू गर्ने पर्ने बताउनु भयो । कर्णाली प्रदेशले सुनको थालीमा भिख मागी रहेको बताउँदै उनले ६ ब लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने बताउनु भयो । ६ ब अन्तरगत बाटो, बिजुली, बिचार (सूचना प्रविधि) वन, बजार र व्यवस्थापनमा जोड दिन सके प्रदेशलाई समृद्घ बनाउन सकिने बताउनु भयो ।
आफ्नो नेतृत्वको सरकार क्रमभङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने बताउनु भयो । मुख्य मन्त्रि शाहीले भन्नुभयो पहिलेको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छौँ, नराम्रा कामहरु सच्याएर अघि बढ्छौँ । जनताका दैनिक जनजीविकासँग सम्बन्धित कार्यलाई आफूले पहिलो प्राथमिकतामा राखेको उहाको भनाई रहेको छ ।
प्रेस युनियन सल्यानका उपाध्यक्ष राजेश शर्माको अध्यक्षतामा र बुद्घि प्रकाश हमालको स्वागत मन्तब्य बाट सुरु भएको पत्रकार सम्मेलनमा नेपाली काग्रेस कर्णाली प्रदेशका सह महामन्त्रि एकराज डाँगी, नेपाली काग्रेस सल्यानका सभापती केश बहादुर विष्ट, पत्रकार महासघ सल्यानका अध्यक्ष नविन पौडेल लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन श्रवन देवकोटाले गर्नुभएकोे थियो ।