कार्यकारि नगरमा आएसँगै अव अधुराकामले तिव्रता लिने

  १२ बैशाख २०७६, बिहीबार १५:५५

दुर्गा वि।सी।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नयाँ कार्यकारि अधिकृत आए पछि जनप्रतिनीधि तथा कर्मचारीले स्वागत गरेका छन् । नगरमा कार्यकारि अधिकृत र लेखाअधिकृत नहुदाँ नगरको कामकाज प्रभावित भएको थियो । यस अघि नगरमा रहेका कार्यकारि नोखिराम वली र लेखा अधिकृत कर्ण वहोराले नगरका कुनै पनि कामकाज अघि नवढाउँदा सवै काम ठप्प रहेका थिए । विद्यालयमा निकासा हुने पाठ्यपुस्त रकम,सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका सम्पन्न योजनाहरुको रकम नगरबाट भुक्तानी हुन सकिरहेको थिएन् । यस अघिका कार्यकारि र लेखाअधिकृतले यी कुनै पनि कामकाजको लागि चासो नदिदाँ नगरमा समस्या उत्पन्न भएको थियो । तर अव नयाँ कार्यकारि हरिवहादुर खत्री आज नगरमा आएसँगै अव विस्तारै सवैकामकाज अघि वढ्ने जनाएको छ । विश्राम लिएका सम्पुर्ण कामकाज कार्यकारि आएसँगै अघि वढ्ने नगर प्रमुख गोविन्द कुमार पुनले वताउँनु भएको छ । नगरका १२ वटैमा वडाको जिम्मेवारिमा रहेका करिव धेरै काम सम्पन्न भईसकेका छन् । वडामा विनीयोजन भएका ४० लाख बराबरको रकमको कामकाज पनि सकिएका छन् । नगरबाट २० लाख माथिका योजनाका कामहरु पनि टेण्डर भई काम सुरु हुन थालेका छन् । बाँकी अधुरा कामले अव छिटै गतिलिने जनाएको छ । अनुभवी,समन्वय कर्ता र काममा निक्कै तालिन मानिएका के।सी सरुवा भई आए पछि अव नगरका अधुरा कामकाजले तिव्रता लिने जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website