कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन

  २ फाल्गुन २०७६, शुक्रबार ११:५१

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सल्यानको कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन गरिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको आयोजनामा घुम्न जाऔँ कुपिण्डे ताल भन्ने मुल नारा दिएर कुपिण्डे तालको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नु भएको हो । सो अवशरमा बोल्दै मुख्यमन्त्री शाहीले कुपिण्डे तालको विकास र संरक्षणमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । पर्यटकिय क्षेत्र कुपिण्डे ताल सम्म जोडिने सडक स्तरोन्नतिसँगै तालको दिगो विकासमा प्रदेश लागि पर्ने उहाँको भनाई छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको राजधानी देखि नजिकै रहेको कुपिण्डे तालको गुरु योजना बनाएर काम गर्ने बताउनुभयो । कुपिण्डे तालको वातावरणिय स्वरुप वचाउन विशेष पहलकदमी चाल्न नगरलाई आग्रह गर्नुभयो ।


बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य टेकवहादुर वस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेशसभा संसद गुलाव जंग शाह, प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, जिल्ला समन्वय समिति प्रमुख केश वहादुर विष्ट, कपुरकोट गाउँपालिका अध्यक्ष भिमवहादुर सेन, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया वुढामगर, त्रिवेणी गाउँपालिका अध्यक्ष मानवहादुर डाँगी, सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा वोहरा, विशेष जिल्ला कमिटी अध्यक्ष रमेश मल्ल, नेकपा जिल्ला सचिव कर्णवहादुर वुढाथोकी लगाएतकाले बोल्नुभएको थियो ।

नगर उपप्रमुख मञ्जु यरीको स्वागत मन्तब्यबाट शरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले गर्नुभएको थियो । महोत्सवमा स्थानीय आर्गानिक खाना कोदाको रोटी, सिस्नो लगाएतका परिकार खुवाईएको थियो । सो अबशरमा बनगाडी टप्पा, लहरे, पैरेलु लगाएतका बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website