कुपिण्डे तालमा वाटर रेस्क्यू सम्वन्धि प्रर्दशनी ।
पदम गिरी / जेठ १० सल्यान
सल्यानको प्रमुख पर्यटकिय स्थल कुपिण्डे तालमा वाटर रेस्क्यू सम्वन्धी पर्दशनी गरिएको छ । जिल्लाको वनगाड नगरपालिकामा पर्ने कुपिण्डे तालमा जनचेतना मुलक प्रर्दशनी गरिएको हो ।
कुपिण्ड ताल सरकारले हालै सार्वजनिक गरेको १ सय नयाँ पर्यटकीय गन्तब्यभित्र पर्दछ । शुक्रबार जिल्लाका ३ वटै शुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा तालमा नमुना प्रर्दशन गरेको हो । तालमा भइ परि आउने विपद् ब्यवस्थापनलाई सघाउ पु¥याउने उदेश्यका साथ डुंगा चालक र स्थानियलाई वाटर रेक्स्युका बारेमा जानकारी दिने उदेश्यका साथ नमुन प्रर्दशन गरिएको हो ।
कुपिण्डे तालमा घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा त्यहाँ विभिन्न संभावित दुर्घटना हुन सक्ने भएकाले त्यस्ता विपद्का घटना हुन नदिन नमुना प्रर्दशन गरिएकोे हो । स्थानिय स्रोत साधन प्रयोग गरेर तत्काल कसरी सकुशल उद्घार गर्न सकिन्छ भन्ने बारेमा नमुना प्रर्दशन थियो ।
खलंगा बालुवा संग्रही मोटर बाटोको स्तर उन्नती भए पछि कुपिण्डे तालमा घुम्न आउने पर्यटको संख्या दिन प्रतिदिन बढेको डुगां ब्यवसायी धनसिङ गोसाइले बताउनु भयो । तालमा विशेष गरि आन्तरीक पर्यटकहरु सल्यान, सुर्खेत, जाजारकोट, दाङ, बाके, बर्दिया, रुकुम, राल्पा बाट आउने गरेको गासाइले जानकारी दिनुभयो । वर्षमा ३ पटक रङ फेर्ने कुपिण्डे ताल २३ दशमलव ५३ हेक्टर क्षेत्रफमा फैलिएको छ । तालको लम्बाई ८ सय ४३ मिटर, २ सय ५० मिटर चौडाई र गहिराई ३४ मिटर रहेको छ ।
नमुना प्रर्दशनमा लाइफ ज्याकेट, हेलमेट, पलास्टिकको बोतल, टायरको ट्युव, डोरी लगाएको सामाग्रीले कसरी उद्घार गर्न सकिन्छ भनि जनप्रतिनिधि, राजनैतिक दल, कार्यालय प्रमुख, शुरक्षा निकायका प्रमुख, पत्रकार, स्थानिय वासी लगाएका विचमा प्रर्दशन गरिएको थियो ।