शारदा नगर पालिकाको पाचौ नगर सभा सम्पन्न । कृर्षि, शिक्षा, बिद्युत, पर्यटन, सिचाईमा जोड ।

  १३ असार २०७६, शुक्रबार १२:२३

शारदा नगर पालिकाको पाचौ नगर सभा बैठक सर्वसम्मत रुपमा आर्थिकवर्ष २०७६ र ०७७ को नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्दै सम्पन्न भएको छ । कुल ४५ करोड ६४ लाख ८३ हजार रुपैयाको बजेट स्वीकृत गर्दै सभा सम्पन्न भएको हो । जसमध्य पुजिगत तर्फ १५ करोड १३ लाख २५ हजार र चालू तर्फ ९ करोड ९ लाख ८३ हजार रुपैया रहेकोछ भने सशर्त अनुदान २१ करोड रहेको छ ।
बजेट पुर्वाधार निर्माण, आर्थिक बिकास, सामाजिक उत्थान, पर्यटकिय क्षेत्रको बिकाश, रोजगारिको शृजना, सिमान्तकृत वर्ग लक्षित कार्यक्रम लगाएत स्वास्थ्य, शिक्षा, बिद्युत र सिचाइ जस्ता कुरामा केन्द्रित रहेको शारदा नगरपालिकाका प्रवक्ता दिपक हमालले जानकारी बताउनु भयो ।


सम्बृद्ध समुन्नत तथा बिकशित शारदा नगर, सक्षम नगरवाशी भन्ने सोच र प्रविधियुक्त विकशित नगर, जममैत्री सार्वजनिक सेवा भन्ने लक्ष प्रस्तुत गरेको बजेटले गणेशमान स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रत्येक जेस्ठ नागरिक हरुलाइ प्रतिमहिना ३ सय रुपैया आरोग्य भत्ता, नगर मुकाम बाट वडा मुकाम जोड्ने सडक हरुको स्तरिकरण सम्पन्न, प्रत्येक वडामा बिध्युतिकरण, सिचाइका लागि पक्की कुलो, खानेपानी योजना, कृषि क्षेत्रको व्यवशायिक बिकाशका लागि १५ वटै वडाहरु लाई उत्पादन पकेट क्षेत्र, सडकयुक्त टोल, लगाएतका नीति हरु निर्धारण गरि बजेट बिनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष देखि सुरु गरिएका जेस्ठ नागरिक हरुलाइ दशै खर्च बापत दिइदै आएको २ हजार रुपैया, जेस्ठ नागरिक र शारिरिक अशक्तहरु लाई नगर बाट दिने सेवाहरुमा दिइदै आएको छुट लाई यो बजेटमा यथावत, शिक्षाको बिकासका लागि विद्यालय अनुदान कार्यक्रम, स्वास्थ्य सेवा नपुगेका वडा हरुमा सहरी क्लिनिकको स्थापना र लक्षितवर्गको सवलिकरणका राखिएको प्रवक्ता हमालले बताउनुभयो ।
बजेटले नगरको धार्मिक प्रयटनको आधार खैरावाङ्ग क्षेत्रको बिकाश, सदरमुकाम खलङ्गामा प्रयटकिय गन्तव्य बनाउने उद्धेस्य स्वरुप पुरानोवसपार्कमा बि पि उद्धानको निर्माण, मार्केमा प्रजातान्त्रिक सेनानी हरि प्रसाद स्मृती प्रतिक्षालयको निर्माण जस्ता बिषयवस्तु बजेटमा समावेश गरिएको छ ।


सभा सम्पन्न कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख सुरेश अधिकारिले नगरको सर्वाङिन बिकास नै आफु हरुको लक्ष्य भएको भन्दै यो लक्षमा अघि बढन सवै सभासद हरुलाइ अनुरोध गर्नुभयो । उहाले न्युनतम बजेटका वावजुद बिकाश कार्य अघि बढीरहेको भन्दै प्राप्त रकमको सदुपयोग गर्न र भ्रस्टाचार हुने कुरामा सचेत रहन पनि आग्रह गर्नुभयो।


यशअघि नगरसभामा बजेट प्रस्तुत गर्दै नगर उप प्रमुख सावित्रा वस्नेतले मतदाता हरुको अपेक्षा अनुसार बजेट ल्याउन प्रयत्न गरिएको भन्दै यो बजेटले जनापेक्षा लाई सम्बोधन गर्ने कुरामा आफू बिस्वस्त रहेको धारणा राख्नुभएकोथियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website