कृषिको कार्यक्रममा कृषि ज्ञान केन्द्र कुपाएक हुदाँ किसानहरु मर्कामा परेको दुखेसो

  ३० असार २०७६, सोमबार १८:१८

दुर्गा वि.सी.

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका जनप्रतिनिधीलाई भुमि व्यवस्था तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले गार्डेनिङ्ग प्लानिङ्ग समबन्धी १ दिने तालिम प्रदान गरेको छ । सरकारी कार्यलय तथा आ आफ्नो घर आँगनमा गार्डेनिङ्ग तयार सम्बन्धी तालिम दिएको थियो । गार्डेनिङ्गका कारण सरकारी कार्यालयहरु र घर छरछिमेकलाई शोभायमान वनाउन र वातावरण सफा राख्न यो अति आवश्यक रहेको जनाएको छ । कार्यक्रमका अध्यक्ष बनगा कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले सर्वप्रथम गार्डेनिङ्गको सुरुवात सरकारी कार्यलयहरुबाट गर्ने जनाउनु भएको छ । सवै विद्यालयहरुमा यो पुर्णरुपमा लागु गर्ने समेत जनाउनु भएको छ ।

कार्यक्रममा कार्यपलिका सदस्यहरु,वडा अध्यक्षहरु,अगुवा कृषक,नगरका कर्मचारिको उपस्थिती रहेको थियो । भुमि व्यवस्था तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका योजना महाशाखाका प्रमुख हरि प्रसाद पण्डीत, भुमि व्यवस्था तथा सहकारी मन्त्रीका स्वकिय जय वहादुर पाण्डे लगाएत प्रशिक्षण दिनु भएको थियो । कृषको कार्यक्रम भएकोले अगुवा किसानले कृषि ज्ञान केन्द्र रुकुम भएकोले कृषि क्षेत्रको कामकाजमा सल्यान वासिलाई निक्कै अफ्ठेरो भएको दुखेसो पोखेका थिए । कृषि क्षेत्र र सहकारीको सामान्य कामकाज गर्न रुकुम पुग्न निकै ग्राहो भएको सहभागिले जनाएका थिए । जिल्लामा हुदाँ सजिलो थियो । स्थानीय तहबाट हुनुपर्ने कामकाज पुन एक जिल्लाबाट अर्को जिल्ला सार्दा संघियताले झनै नागरिकलाई दुख दिएको कार्यक्रममा वोल्ने वक्ताहरुको भनाई थियो । समबन्धीत कृषि मन्त्रालयको कार्यक्रममा स्थानीय अगुवा किसानले कामकाज गर्न असजिलो भएको जनाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website