कृष्ण रेउलेको कलेजी नै रेटियो

  २२ बैशाख २०७६, आईतवार १८:२७

खबरटक

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत लामो समय देखि क्रियासिल सर्वप्रिय कलाकार कृष्ण रेउलेको लय शब्दमा “कलेजी बोलको गीत भर्खरै बजारमा आएको छ ।

गाउँमा हल्ला चल्यो, आज गाउँमा लगाएतका धेरै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कीसकेका कलाकार कृष्ण रेउलेले सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सल्यान जिल्लामा जन्मिएका रेउले अहिले काठमान्डौमा नै रहेर नेपाली गीत संगीतमा समर्पित रहेका छन् ।

उनको लय शब्दमा पछिल्लो पटक बजारमा आएको “कलेजी” बोलको गीत सुधारत्न परियारको प्रस्तुति हो । यस गीतमा स्वर कृष्ण रेउले र सुधारत्न परियारको रहेको छ ।

कलाकार कृष्ण गायन बिदामा मात्र होइन उनले धेरै गीतहरुको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । यस पनि गायक रेउने र रिना थापाको अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहान गरेका छन् । सन्तोष महराले ड्रोन उडाएको गीतको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका हुन ।

भिडियो हेर्नहोस्

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website