कोरोना भाइरसबाट बच्न सचेतना अभियान चलाउदै नेबिसंघ सल्यान
नेपाल विद्यार्थी संघ सल्यानले आफ्नो सुरक्षा आफै गरौ, मास्क र सेनिटाइजर प्रयोग गरौ कोरोना भाइरस बचौ भन्दै जिल्ला ब्यापी अभियान शुक्रबार दखी संचालन गरेको छ।
सल्यान खलंगाबाट शुरु भएको अभियान शुक्रबार खलंगा र श्रीनगरमा सम्पन्न गरेको छ । पत्रकार महासंघका अध्यक्ष प्रतिक इच्छुक शर्मा र सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाइ मास्क, पन्जा, सेनिटाइजर वितरण गरिएको छ, भने सहभागी सबैलाइ मास्क तथा सेनेटाइजर प्रदान गरिको थियो ।
खलंगामा भएको कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जिल्लाभरी कोरोनाको उच्च जोखिम रहेकोले आम जनसमुदायलाई सचेत र सहजक रहन आग्रह गर्नुभयो ।
अभियान चलाइरहेका नेविसंघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले कोरोना भाइरस हामीले सोछे जस्तो सामान्य नरहेकोले यसको प्रभाव अझै कायमै रहेकोले सजग बन्नु पर्ने बताउनुभयो ।
सरसफाइ गरौं, सावुनपानीले हात धोऔं, मास्क सेनिटाइजरको प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, आफु बचौ र अरुलाइपनि बचाऔ भन्ने नारा सहित सुरुवात गरिएको अभियान जिल्लाको श्रीनगर,थारमारे,कपुरकोट,लुहाम,सल्लिबजार लगायतका ठाउमा पुगेर टुंगिने कार्यक्रमको सहजिकरण गरिरहेका नेविसंघ सल्यानले जानकारी दिएको छ ।