क्रिकेटको विश्वकप विजेताले ४० लाख डलर पाउने

  ३ जेष्ठ २०७६, शुक्रबार १६:१२

विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर हात पार्नेछ । त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ८–८ लाख डलर पाउनेछन् । त्यस्तै, लिग राउण्डका विजेताले ४० हजार प्राप्त गर्नेछन् । विश्वकपमा पुरस्कार राशीमात्रै कुल १ करोड डलर रहेको छ । राउण्ड रोविनको आधारमा हुने विश्वकपमा १० टिम छन् । विश्वविजेता, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश रहेका छन् । विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website