क्षमता विकासका लागि सिम्तामा युवायु वतीलाई तालिम

  १५ जेष्ठ २०७६, बुधबार २०:१६

दुर्गावि.सी.
सुर्खेतको सिम्तामा युवा कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । सिम्ता गाउँपालिका सुर्खेतका युवा युवतीको नेतृत्व विकासका लागि ३ दिने कार्यशला गोष्टि सञ्चालन गरिएको छ । सिम्ता क्षेत्रका ९ वडाबाट २७ जना युवा युवती र कल्वका पदाधिकारीहरुको उपस्थिती रहेको छ । ३ दिन सम्म चल्ने तालिममा लागुऔषध दुव्र्यशनी,उद्घोषण तालीम,क्षमता विकास,नेतृत्व विकास,नमुना युवा निर्माण,शुसान पैरवी लगाएतका कुराहरुमा प्रशिक्षीत गरिर्ने जिल्ला गैसस महासंघ सुर्खेतका अध्यक्ष घनश्याम के.सीले जानकारि दिनु भएको छ । उक्त तालिमको प्रशिक्षण युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार वस्नेत,गैसस महासंघका सुर्खेतका अध्यक्ष घनश्याम के.सी,नेत्रलाल महतारा लगाएतका व्यक्तिहरुले युवाहरुलाई प्रशिक्षीत गर्ने जनाएको छ ।

सिम्ता गाउँपालिका सुर्खेतको आयोजना र युवा परिषद सुर्खेतको समन्वयमा कार्यशाला गोष्ठि तथा तालिम सञ्चाल गरिएको छ । कार्यशला गोष्ठि तथा तालिमको उद्घाटन सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले गर्नु भएको थियो । आजै नै युवा मैत्री स्थाीय तह सम्बन्धी युवाहरुका लागि राष्ट्रिय युवा परिषद सानो ठिमी भक्तपुरले अभिमुखिकरण कार्यक्रम गरेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website