खैरावङ भगवती मन्दिरमा आवासिय भवनको शिलन्यास ।
शारदा नगर पालिकाले धार्मिक पर्यटकिय क्षेत्र खैरावाङ्ग मन्दिर परिसरमा यात्रु आवास भवनको निर्माण कार्य अघि बढाएकोछ । सल्यान जिल्लाकै प्रशिद्ध धार्मिक स्थल खैरावाङ्ग मन्दिरमा दर्शन गर्न आउने भक्तजन हरुको आवाशिय समस्या लाई निराकरण गर्न भवनको निर्माण गर्न लागिएकोहो । भवनको शिलान्यास नगर प्रमुख सुरेश अधिकारिको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छवि कुमार शर्मा र वडा अध्यक्ष रामसिङ् बुढाथोकिले मंगलबार गर्नुभएकोहो ।
शारदा नगरपालिका लाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने उदेश्य राखी नगरले खैरावाङ्ग भगवती मन्दिर लाई व्यवस्थित र सुविधायुक्त बनाउन विभिन्न गतिविधी गर्दै आएकोछ। जसनुसार आगामी वडा दशै सम्ममा श्रीनगर खैरावाङ्ग जोड्ने मोटर बाटोको स्तर उन्नती र पुरानो आवास गृह लाई व्यवस्थित गरिने नगरले जनाएकोछ।
धार्मिक आस्थाको केन्द्र खैरावाङ्ग भगवती मन्दिरमा यात्रु आवास भवनको निर्माण पछि धार्मिक पर्यटक हरुको सङ्ख्या बढ्ने र त्यसक्षेत्रको आर्थिक गतिविधीले पनि छलाङ्ग मार्ने आशा राखिएको मन्दिर व्यवस्थापन समितिका सचिव दिपक शर्माले बताउनुभयो ।
मन्दिर परिशरमा बन्दै गरेको भवन शारदा नगरपालिकाको ३० लाख रुपैयाको अनुदानमा ठेक्का प्रकृया वाट निर्माण भैरहेकोछ।
बर्षैभरी धार्मिक पर्यटकहरु आइरहने खैरावाङ्ग भगवती मन्दिरमा यात्रुहरुले आवासको समस्या भोगिरहेकाछन। यो भवनको निर्माण पछि भक्तजनहरको आवासिय समस्या टर्ने आशा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छवि कुमार शर्माले जानकारी दिनुभयो ।