खैरावाङ भुवनेश्वरी मन्दिर धार्मीक क्षेत्र विकास समितिको दोस्रो साधारण सभा सम्पन्न
खैरावाङ भुवनेश्वरी मन्दिर धार्मीक क्षेत्र विकास समितिको दोस्रो साधारण सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला सम्वन्य समितिका प्रमुख केश बहादुर विष्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारी, शारदा नगरपालिकाका उप प्रमुख सावित्रा बस्नेतको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रमको आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष धिरज रावतले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले सल्यान जिल्लामा रहेको यस खैरावाङ मन्दिरको प्रचार प्रसारको लागि धेरै काम गर्न बाकि रहेको र यस सम्बन्धमा ब्यवस्थापन पक्षले आफ्नो जिम्मेवारी बहन गरी ब्यवस्थित सुविधा प्रदान गर्ने कुरामा सबैले सहयोग गर्नु पर्ने धारण ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि अधिकारीले शारदा नगरपालिकाले मन्दिरको विकासको लागि अग्रणी भुमिकामा राखेको र यसको विकास र प्रचारको लागि प्रदेश र संघ संग अनुरोध गरेको बताउनु भयो । अधिकारीले भन्नुभयो – आउदै गरेको बडादशैको घटस्थापनाको दिन देखी बस आउने जाने सडक स्तर उन्नतिको काम सम्झौता भएको जानकारी दिनुभयो । शारदा नगरपालिकाका उप प्रमुख सावित्रा बस्नेतले विकास भनेको क्रमिक रुपमा हनु र सडकको स्तर उन्नतीको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छबी कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडा, शारदा नगरपालिका वडा नंं. १० का अध्यक्ष रेशम बहादुर भण्डारी, शारदा नगरपालिका वडा नं. ११ का अध्यक्ष रामसिङ बुढाथोकी, सल्लाहाकार समितिका संयोजक अनन्त प्रसाद उपाध्याय लगाएतको सहभागिता रहेको थियो ।