गणतन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम

  १५ जेष्ठ २०७६, बुधबार ११:३७

दुर्गा वि.सी.

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा वजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाको आयोजनामा नगरपालिका,देवस्थ,सल्लीवजार लगाएत क्षेत्रको सरसफाई गरिएको छ ।

वजारमा अव्यवस्थित रुपले फोहर फाल्ने गरेकोले वजारवासिलाई जथाभावि फोहर नफाल्न समेत सचेतीकरण गराएको थियो । फोहर उठाउँदै वजारका प्रत्येक घरघरमा पुगेर नगर प्रमुख गोविन्द कुमार पुनले फोहरलाई सहि तरिकाले व्यवस्थापन गर्न वजार वासिलाई अनुरोध गर्नु भएको छ । सल्लीवजारमा फोहरको मात्रा वढेकोले यसो गरिएको वताएको छ । फोहरलाई व्यवस्थापन मात्रै गरिदिए नगरपालिकाले ठुलो सहयोग मान्ने जनाएको छ । वजारकै फोहरले भेरी नदि,बनगाड खोलामा समेत पानी दुषित हुने भएकोले वजारवासिलाई घर तथा पसलबाट निक्लेको फोहर व्यवस्थापन गरि नगरको गाडिमा फाल्न अनुरोध समेत गरिएको छ । ‘

सरसफाइ कार्यक्रममा नगर उप प्रमुख मञ्जु यरि,प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्री,वडा अध्यक्ष शान्त कुमार यरी,नेपाल रेडक्रसका कर्णाली प्रदेश सदस्य गणेश वि.सी,नगर स्वास्थ्य संयोजक वाुदेव पोख्रेल,रावजनैतिक दलका प्रतिनीधी,सवुज गण सल्लीवजार ब्यारेकका सेनानी उज्जवल थापा,स सेनानी गोविन्द थापा,इलाका प्रहरि कार्यलय सल्लीवजारका इन्चार्ज शुसिल रावल,नगरका कर्मचारि,शिक्षक,व्यापारि,स्थानीय,नेपाली सेना,नेपाल प्रहरि लगाएतको टोलिले नगरका विभिन्न स्थानमा पुगेर सरसफाई गर्नुका साथै फोहर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने काम गरेको छ । साथै विद्यालयहरुले पनि विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website