गणतन्त्र दिवस सल्यानमा विभिन्न कार्यक्रम गरि मनाइयो ।
गणतन्त्र दिवसका अवसरमा सल्यानमा पनि विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाइएको छ । दिवसका अवसरमा खलंगामा रहेको शान्तिस्मारकमा शहीदको तस्विरमा माल्यार्पन र अविर आवरण गरिएको हो ।
पुरानो बसपार्बाट निकालिएको प्रभातफेरी डाडागाउ हुदै शान्ती स्मारकमा पुगेको हो २ बर्ष अघि बनाइएको स्मारक नजिकै सशस्त्र प्रहरी रहेकोले त्यसको सुरक्षा तथा सरसफाइको व्यवस्था राम्रो भएको छ ।
सो अवसरमा सशस्त्र प्रहरीले स्थापना गरेको सार्वजनिक शौचालय, प्रतिक्षालय र खानेपानिको उद्घाटन गरिएको छ । त्यसपछि जिल्ला अस्पताल सल्यानका विरामीलाइ फलफुल वितरण गरेर गणतन्त्र दिवस मनाइएको छ ।
उप्त कार्यक्रममा जिल्ला सम्वन्य समिति सल्यानका प्रमुख केश बहादुर विष्ट, शारदा नगरपालिका प्रमुख शुरेस अधिकारी, शारदा नगरपालिकाकाी उप प्रमुख साबित्रा बस्नेत, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, राजनैतिकदल, कार्यालय प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, लगाएको सहभागिता रहेको थियो ।
फोटो ः मिना बुढाथोकी