गर्ववती महिलाको हेलीक्पटर बाट थप उपचारको लागि सुर्खेत लगियो ।

  १० असार २०७६, मंगलवार १८:४७

सुत्केरी ब्यथा लागेको २४ घण्टा घरमा बेहोस भई जिल्ला अस्पताल सल्यानमा ल्याएकी मोती परियारको हेलीक्पटर बाट थप उपचारको लागि सुर्खेत लगिएको छ । बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. ८ की १७ वर्षीया परियार लाई सुत्केरी ब्यथा लागेको २४ घण्टा घरमा बेहोस भई सोमबार बिहान जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो ।


Ecalampsia भई स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि थप उपचारको लागि आइ सि यू मा राखेर उपचार गर्नु पर्ने भएकाले जिल्ला अस्पताल सल्यानको अनुरोध र प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेको पहलमा हेलीक्पटर बाट थप उपचारको लागि जिल्ला बाहिर पठाएको जिल्ला अस्पताल सल्यानका सुचना अधिकारी विक्रम वि क ले जानकारी दिनुभयो । विकको उपचारको लागि अस्पतालले काठमाण्डौ रिफर गरे पनि बिरामीलाई `सुर्खेत लगिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website