गाउँ गाउँमा कोरोना संक्रमित खोज्दै शारदा नगरपालिका
जेठ १३, सल्यान, सल्यानको शारदा नगरपालिकाले आफ्ना १५ वटै वडामा कोरोना भाइरसका संक्रमित खोज्न शुरु गरेको छ । जिल्लामा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम गर्न र उनीहरुको अवस्था पनि थाहाँ पाउन सकिने भएकाले नगरपालिकाले यो अभियान शुरु गरेको हो । नगरपालिकाले अहिले एनटिजन विधि बाट कोरोना परिक्षण गर्दै आइरहेको छ ।
कोरोना संग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरुलाई टोल स्तरमा नै गएर चेक जाँच गर्ने र कोरोना संक्रमण फैलन नदिनको लागि यो अभियान संचालन गरिएको सारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारीले बताउनुभयो ।
कोरोना रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगरका प्रत्येक वडामा वडा अध्यक्ष, महिला स्वय सेविका, शिक्षक लगाएत संग समन्वय गरेर कामहरु गरिरहेको र कोरोना रोकथाम नियन्त्रणको लागि आफुहरुले अनुगमन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकर पाठक बताउनुभयो ।
यसरी प्रत्येक वडा टोलमा संक्रमित खोज्दै जनचेताना फैलाउन राम्रो पक्ष भएको स्थानियहरु बताउनुहुुन्छ । यो अभियानले यदि कुनै पनि ब्यक्तिलाई कोरोना भएको थाहाँ हुने र संक्रमण फैलिनबाट रोकीने स्थानिय अन्जना शर्माले बताउनु भयो ।