गायक यज्ञको ‘चिउरी गुलियोमा’ अञ्जलीको हट अवतार
लोकदोहोरी गायक यज्ञ विकले चिउरी गुलियो बोलको गीत सार्वजानिक गरेका छन् ।
लामो समयदेखि लोकदोहरीको क्षेत्रमा अनवरत संघर्ष गरिरहेका गायक विकले यसअघि पनि धेरै एल्बमहरु बजारमा ल्याएका छन् ।
यो गीतमा गायक यज्ञ विक र प्रेमकला पुनको आवाज रहेको छ । जसमा चर्चित मोडल अन्जिली अधिकारीको दमदार अभिनय रहेको छ । उनलाई अभिनयमा नविन केसीले साथ दिएका छन् । आचल शाहको शब्द रहेको गीतमा गायक यज्ञ कै शब्द रहेको छ भने गितको एरेन्ज कृष्ण विकले गरेका हुन ।
कुमार केसीको प्रस्तुतिका रुपमा रहेको गीतलाई मौसम हिमालीले छाँयांकन तथा निर्देशन गरेका छन भने सम्पादन मनोज कार्कीले गरेका हुन ।
हेर्नुहोस म्यूजिक भिडियो: