गिट्टी कुटेरै जिवन वित्यो,अपांगता भत्ताले नपुगे पछि गिट्टी वन्यो सहारा
दुर्गा वि.सी./भाद्र, ३
५८ वर्षिया अपांगता जीवन सुनार जो अहिले पनि गिट्टी कुटेर जीवन गुजरा धानी रहेका छन् । नगरको केन्द्र सल्लीवजार सल्यानको माथिल्लो वजारमा आवादी सानो घरवास वनाएका सुनार गिट्टी कुटुरे जिवन निर्भाह गर्ने थालेको १६ वर्ष वित्न थाली सकेछ । दुवै खुट्टा जन्मजात अपांगता भएका सुनार वैसाखीको साहाराबाट हिडुल गर्ने र जीवनको साहारा वैशासखि भएको वताउनु हुन्छ । २०५८ सालमा सल्यानको दार्माबाट सल्लीवजार आउनु भएका सुनार सम्पत्तिका नाममा तेहि १ रोपनी वरावरको आवदी घर वास भएको जग्गा रहेको जनाउँनु हुन्छ । दिनभरमा एक कट्ठा गिट्टी कुटेर वजारमा निर्माणधिन घर निर्माण कर्तालाई विक्रि गर्ने गरेको देखिन्छ ।
सल्लीवजारमा निर्माणधिन पक्की घर निर्माण कर्ताले गिट्टीको लागि सुनारकहाँ अडर गर्ने गदर्छन् । एक कट्ठा गिटीको ६० रुपैयाका दरले गिट्टी विक्रि वितरण हुने गरेको छ । निरन्तर गिट्टी कुट्न थालेको १६ वर्ष पुगि सक्यो । शरिरका दुवै खुट्टा पुर्ण अपांग भएको सुनारले राज्यले दिएको अपांगता भत्ता ६ सय रुपैयाँले खाना लाउन नपुगे पछि गिट्टी कुटेर जिवन यापन गरेको दुखोसो । ग वर्ग परिचय पत्र भएकोले अपांगता भत्ता समेत कम भएको सुनारको दुखेसो छ । विहान ६ वजे देखि वेलुकी ६ वजे सम्म गिट्टी कुटेर दिन वित्ने गरेको छ । दार्मामा एक सुक्का जमिन नभएका सुनारको दाजुभाई मजदुरीकै लागि सल्यान पश्चिम आएको उहाँका घर परिवारको भनाई छ । मजदुरी गररै अन्य सम्पत्ति जोड्न परै जावस खानलाउन समेत हम्मे हम्मे भएको परिवारको दुखेसो छ । जति सुक्कै चर्को गर्मि भए पनि अपांगता सुनार दिनभर गिट्टी कुटेरै दिन वित्ने गरेको छ ।अन्य आम्दानीको उपाए केहि नभए पछि सवै परिवाले मजदुरी गररे साँझ विहानको छाक टार्नु परिरहेको जीवनका भतिज हिमवहादुर सुनारको भनाई छ । अपांगता भएका आफ्ना काकालाई समेत वसरे खानलाउन समस्या छ । गिट्टी कुटेरै उहाँले आफ्नो खर्च व्यहोरि रहनु भएको भतिज हेम वहादुरको भनाई छ ।