गीत मार्फत दुई चार जनाको दारा झार्न आए’ अविरल र दामोदर (भिडियो सहित)
काठमाडौं-९ जेठ,
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ठ उत्पादनहरु बजारमा आइरहेका छन ।
सोहि क्रममा स्थाई घर डडेल्धुरा आलिताल गाउँपालिका भएर हाल काठमाडौँमा आफ्नो दैनिकी अगाडी बढाईरहेका कलाकार अविरल बिसीले पनि अशंख्य श्रोता एवं दर्शकहरुको मनोरन्जनको निमित्त “दारा झार्नु पर्छ” बोलको गीतलाई भर्खरै बजारमा ल्याएका छन ।
यस अघि उनले धर्तीमा जुन बोलको गीतबाट पनि नेपाली गीत संगीत प्रेमी श्रोता एवं दर्शकहरु माझ आफ्नो छुट्टै पहिचान बनाइसकेका छन । उक्त गीतको चौतर्फी सफलता पछी अविरलको बजारमा आएको यस गीतमा उनि संगै सम्झना भण्डारीको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।
प्रस्तुत गीतलाई लय खेम सेन्चुरीले भरेका हुन भने शब्द प्रस्तुतकर्ता एवं गायक अविरल बिसी स्वयमको नै रहेको छ । रोमान्चक शैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दामोदर सापकोटा र सरिश्मा राम्जालीको अभिनय रहेको छ ।
भिडियोलाई निर्देशन तथा छायांकन बिबेक बिकले गरेका हुन भने सम्पादन रबिन बिकले गरेका छन ।
भिडियो हेर्नुहोस्:
- 20Shares