ग्रामीण बचत तथा ऋण सहकारी संस्था सल्यानको अध्यक्षमा धिरेन्द्र शाक्य विजयी ।

  २५ श्रावण २०७६, शनिबार १३:०९

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशन ४ वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको छ । जस्को अध्यक्षमा धिरेन्द्र शाक्य निर्वाचित हुनुभएको छ । अर्का अध्यक्षका प्रत्यासी यौवन कुमार श्रेष्ठलाई ४४ मतले हराउदै शाक्य विजयी हुनभयोको हो ।

१५४२ सेयर सदस्य रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्थामा कुल ८२९ मत खसेकोमा अध्यक्षका प्रत्यासी धिरेन्द्र शाक्यले ४३२ र अर्का अध्यक्षका प्रत्यासी यौवन कुमार श्रेष्ठले ३८८ मत प्राप्त गर्नुभएकोमा ९ मत बदर भएको थियो । अरु पदहरुमा निर्विरोध चयन भए पनि अध्यक्षको लागि मतदान भएको थियो । ।


निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा धिरेन्द्र शाक्य, उपाध्यक्षमा सुगन्ध कुमार श्रेष्ठ, सचिवमा सनत कुमार शर्मा, कोषाध्यक्षमा लक्ष्मण कुमार राई, सदस्यहरुमा बिरेन्द्र कुमार राई, रबिन विष्ट, राधिका शाह, निरु शाह, नरेश कुमार प्रधान, कमला शाक्य, धिरज रावत लगाएको नयाँ कार्य समिति र लेखा सुपरिवेक्षणमा संयोजक कमल अधिकारी, विजय शरण आचार्य, प्रमिला तिवारी चयन हुनुभएको छ । राष्ट्रिय सहकारी वैकमा आवद्घ बचत तथा ऋण सहकारीमा सबैभन्दा उत्कृष्ट रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका कुल १५४२ जना सेयर सदस्यहरु रहेका छन्

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website