घाँटीको श्वास नलि काटिएको अबस्थामा एक युवती मृत फेला

  ३ फाल्गुन २०७६, शनिबार ११:२५

फागुन ३ सल्यान / सल्यानमा घाँटीको श्वास नलि काटिएको अबस्थामा एक युवती मृत फेला परेकी छिन् ।

सल्यान जिल्ला त्रिबेणी गाउपालिका वडा नम्बर १ तल्लो काभ्रा निवासी अन्दाजी १७ बर्षिया कविता बोहराको घाँटीको श्वास नलि काटिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज बिहान १÷२ बजेको घटना हुनसक्ने र बिहान ३ बजे मात्रै प्रहरीलाई खबर आएको सल्यान जिल्ला प्रहरी कार्यालय सल्यान जानकारी दिएको छ । घर देखी करिब १५÷२० मिटर टाढा गाईबस्तु बाँध्ने खुल्ला ठाउमा मृत अबस्थामा युबितीको सब भेटिएको थियो।

घटना स्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली खटिएको र युबतीको हत्या हुनसक्ने आशंखा गरिएकोले घटनाको बिषयमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानको लागि नेपालगञ्जबाट कुकुर सहितको टोलि आउदै गरेको प्रहरिले जनाएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website