चीनमा रहेका नेपालीलाई शनिबार ल्याउने सरकारको तयारी

  २९ माघ २०७६, बुधबार २१:३७

काठमाडौँ– कोरोना प्रभावित चीनमा रहेका नेपालीलाई शनिबार ल्याईने सरकारले जनाएको छ ।

हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपालले शनिबार दिउँसो ३ बजे काठमाडौंबाट विमान पठाउने तयारी गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो।

नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई तालिम दिएका थिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website