चूनौतीपूर्ण आर्थिक अव्बस्थामा सहकारीको योगदान ।

  २१ चैत्र २०७९, मंगलवार १६:५९

मानव जिवनलाइनै चूनौती हूनेगरी बिश्वव्यापी रुपमा फैर्लएको कोभिड १९ महामारीका कारण सन् २०२०, २०२१ मा प्रायः सबै मलुकु हरुको अर्थतन्त्र सहित बिश्व अर्थतन्त्र सङ्कुचित हनु पूग्यो । जसका कारण कम आय भएका मूलूक तथा वर्गका मानिसहरुको दैनिक जिवनयापन समेत कष्टकर हून पूग्यो, रोजगारी र आयमा भएको परीवर्तनले गरीबी र असमानता पनि बढेर गयो । कोबिड १९को बिरुद्घको खोप उपलब्धता संगै बिश्वको आर्थीक स्तिथी सामान्य बन्दै गर्दा नेपालमा पनि उत्साहपूर्ण लगानीको बातावरण तयार भएको, बैदेशिक रोजगारीका पिडा तथा केहीसमय राजनितीक स्थायीत्व जस्ता कारणहरुले देशको आर्थिक अवस्था उत्साहपूर्ण देखिय जसका कारण मानिसहरु उधोग, व्यापार, कृषि, उर्जा जस्ता क्षेत्रमा लगानीका लागी उत्सूक भए जसका कारण अत्यधिक मात्रामा कर्जाको माग बड्यो भने संग संगै आयात पनि बड्यो ।

तर, क्रमश रसिया र यूक्रेन यूद्घले बिश्वलाईनै थप आर्थिकरुपमा चाप पा¥यो । जसका कारण पेट्रोलियम पदार्थको मूल्यमा अप्रत्यासित रुपमा मूल्यवृद्घी संसारले व्यर्होनू परीरहेकोछ , त्यस कारण हाम्रो जस्तो भूपरीबेष्टीत राष्ट्र साथै जसको एक थोपा पनि पेट्रोलियम पदार्थको आप्नो उत्पादन नहूने देश थप अर्थिक चापमा छन, तेसको असरले ढूवानी खर्चमा बृद्घि भएको छ, बैदेशिक भूक्तानि असन्तूलीत तथा कठीन बनेकोछ मूद्रा स्फिती भयाभह बन्दैछ, महगी बड्दैछ, बैक तथा बित्तीय संस्थाहरुलाइ नियामक निकायले निर्दैशित निर्दैशिका पालन गर्न धौ धौ हूने अवश्था आयको छ । बित्तीयसंस्था हरुको बचत तथा ऋण दूबैका व्याजदर बड्न गएको र कोभिड १९ पछिका सम्हालीदै आयकोे अर्थतन्त्र झन नाजूक अवस्थामा पूगीसकेका छ, सरकारी योजना अनूरुप राजश्व उढ्न सकेको छैन, राज्यको संञ्चालन खर्च बृद्घी भएको छ ।

सोझो हिसाबमा भन्ने हो भने हाम्रा जस्ता देश त चलाउननै कढिन बन्दै गएको छ । भूपरीवेष्टीत राष्ट्र त्यसमा पनि अत्याधिक आयतमा निर्भताका कारणँ बिदेशि मूद्राको सञ्चिती कमहून गयकोे कारणले नेपाल राष्ट्रबैकले बिभिन्न शिर्षकमा अयातमा कडाइ गर्नूका साथै केही बिलासि बस्तूहरुमा प्रतिबन्ध समेत गर्नूप¥यको छ । हालसम्म पनि अर्थतन्त्र सूधारका ठोस लक्षण देखीदैनन् तर बिदेशिमूद्राको संचिती भने केही सूधार भएको अवस्था छ । यसबिचमा बैक तथा बित्तीय संस्थाहरु र बिभिन्न उदेश्यले स्थापीत सहकारीहरुपनि अछूतो रहन सकेनन् सबैजसोर्लाइ आर्थिक रुपमा नकारात्मक असर प¥योनै । संसारकै विभिन्न क्षेत्रहरुमा दैनिकरुमा गरीने दैनिकी समेत परीर्वतन हून पूग्यो ।
नेपालमा हालसम्म पनि देशका सम्पूर्ण भूभागमा बित्तीय पहूच पूगीसकेको छैन, करीब करीब सबै स्थानीय तहमा बैकका शाखाहरु पूगेपनि बिकट भौगोलीक अवस्थाका कारण बैंकिङ सूबिधा बाट सर्वसाधरण बन्चितनै छन र स्थानिय स्तरमानै संञ्चालीत विभिन्न उदेश्यले स्थापीत सहकारीहरुमाफत् आर्थिक कारेवार सञ्चालन भइ रहेकाछन । यसबिचमा बिभिन्न उदेश्यले स्थापीत सहकारीहरुले बिशेष अर्थिक तथा समाजिक भूमिका निर्वाह गरीरहेका छन् ।

बिशेषत सहकारी, सदस्यहरुको आर्थिक सहभागीता, स्वायत्तता तथा स्बत्रन्तता, शिक्षा तालीम, सूचना, पारस्परीक सहयोग र समूदायप्रती चासो र प्रजातन्त्रीक नियन्त्रणका मूल सि२ान अनूरुप समाजमा स्थापीत हूने भएकाले पनि सामूदायीक बिकास र समाज उत्थानमा महत्वपूर्ण भूमिका गरीरहेको छन । चूनौती पूर्ण आर्थिक अवश्था रहदै गर्दा समेत सहकारीहरुले बिषेशत सदस्यहरुको हितमा कामगर्नै, उधमशिल बन्न प्रेरीत गर्नै, तालिमको व्यवस्था गरी सदस्यहरुबिचनै बचत भएका रकमको पारदर्शि रुपमा सहूलियत पूर्णकर्जा समेत प्रवाहगरी उधमसिल समाज निमार्णमा सदैव सकारात्माक भूमिका निर्वाह गरीरहेका छन् । उदेश्य अनूरुप, विभिन्न सहकारीहरुले फरक फरक कार्य गरेतापनी अति महत्वपूर्ण रुपमा सहकारीहरुले आर्थिक विकास, समाजीक विकास, कृषि विकास,उधमसिलता बिकासका आधार स्तम्भ खडागर्नै कार्य गर्दछन । अझ हाम्रो जस्तो भौगोलीक बिकटता, आर्थिक शैक्षिक तथा सैदान्तीक रुपमा योग्य व्यत्ती तथा समाजको अभाव भएको अवस्थामा समेत जसोतसो समाजमा सकारात्मक रुपान्तरणमा योगदान गरी रहेकाछन ।

राज्यले बित्तीय सचेतनाका लगी बषौनी करोडौ रुपैया खर्च गरीरहेको हून्छ, तर समूदाय स्तरमानै स्थापीत सहकारीहरुले आप्ना सदस्य मार्फत यस्ता कार्यक्रम निशूल्क रुपमानै सम्पादन गरीरहेका छन बचत गर्नै बानीको बिकास गरीरहेका छन्।बड्दो प्रबिधीको बिकास संगै कतिपय सहकारी संस्थाहरुले आफूलाइ प्रबिधीमैत्री बनाउदै लगेकाछन भने, कतीपय संस्थाहरु स्रोत र साधनको अभावमा पूरानै तरीकाले आप्नो उदेश्य प्रत्तीमा तल्लीन छन् ।राज्यले पनि समय अनूसारको उचित निती बनाउन नसक्दा, नियमन गर्न र अभिमूखीकरण गर्न र सञ्चालीत संस्थाहरुलाइ विश्वासमा लिन नसक्दा समूदाय स्तरमानै वित्तीय र उधमसिल समाज निर्माण गर्नै धेरै अवसरहरु समेत खेर गइरहको छ । तसर्थ राज्यले सहकारीहरुसंग सहकार्य गरी तीनको संरक्षण, सूधार र सहयोग गर्न जरुरी देखीन्छ ।

बिधमान्रुपमा रहेका केही सहकारीहरु जो सिदान्तबिहीन थिए वा निहीत स्वार्थका लागी खोलीएका थिय, अथवा सहकारीका मर्म बिपरीत सञ्चालीत भइ फरक उ२ेश्य देखाइ उत्पादकत्व नहूने क्षेत्रमा जानी नजानी सहकारीका सदस्यहरुले लगानी गरीदिंदा सदस्य संग संगै केही संथाका अस्तित्वनै मेटिन पूग्यो भने केही नाजूक अवस्थामा संचालीत भइरहेका छन, ति छूटफूट बाहेक सबैजसो सहकारीहरुले अर्थतन्त्र जोगाउन योगदान गरीरहेका छन् भनौ राज्यका हरेक नितीलाइ सफल बनाउन संग संगै हातेमालो गर्दैछन । आर्थिक संकटका कारण विभिन्न बैकं तथा वित्तिय संस्थाहरुले कर्जाका व्याजदर अधिक पू¥यायरको गूनासाहरु आउंदा समेत सहकारीहरुले आप्ना सदस्यहरुको ऋणको व्याजदर बढायको पाइदैन, यसलेपनि सहकारीहरुको सक्षमता, उदेश्य र योगदान प्रश्ट पार्दछ । बिभिन्न स्थानबाट मिटरव्याजका सास्ती लगायतका समाचारहरु आहिरहदा सो को न्यूनिकरण समेत स्थानिय स्तरमा सञ्चालीत सहकारील गरीरहेको पक्कै अनूमान गर्न सकिन्छ । सहकारीका सञ्जाल, आबद सदस्यका संख्या र यीनले हाल सम्म गरेका कार्यमूल्याङकन पश्चात, साच्चैनै राज्यले खूलेर सहकारीहरुलाइ सहयोग गर्ने हो भने सहकारीमार्फनै देशका अधिकान्स आर्थीक सूचक सकारात्मक पू¥याउन धेरै समय लाग्दैन ।

सहकारी दिवस २०७९ को उपलक्ष्यमा भानूभक्त अधिकारी द्घारा लागी लेखीएको लेख ।।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website