छिन्चु जाजरकोट सडक खण्डमा दैनिक सुख्खा पहिरो सडक डिभिजन कार्यालय सुर्खेत भने बेखबर

  १७ जेष्ठ २०७६, शुक्रबार ११:३१

दुर्गा वि.सी.

छिन्चु जाजरकोट सडक खण्डको सल्यान सल्लीवजार देखि सुर्खेत पोख्रे सम्मको सडक खण्ड जिर्ण वनेको छ । सडक जिर्ण हुदाँँ आवत जावतमा सास्ती वढेको छ । आर्थिक वर्ष २०६८।०६९ मा २० कि.मी. सडकको काम आशिस निर्माण सेवाले पार्टस पार्टसमा सडक वटासिलको काम गरेका थिए । थोरै लागतमा धेरै काम गर्नु पर्दा छिटै वटासिल उम्किएको कम्पनी प्रतिनीधी हेमराजे वलीको दावी छ । सल्यान सल्लीवजार देखि पोख्रे सम्मको यात्रा सर्वसाधार नागरिकका लागि कष्टकर वन्ने गरेको छ । मुख्य सडक माथि खन्नदै गरेका स्थानीय सडकका कारण यो सडक दिनप्रदिन जिर्ण वन्दै गएको छ ।

बनगाड कुपिण्डेको बालुसँग्रहि र सल्लीवजारको विच भाग खण्ड बाँगिरह नजिकै सुख्खा पहिरोलो दिनदिनै सडक अवरुद्ध गर्ने गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाको जेसिविको सहायताले प्रत्येक दिन उक्त सडक सुचारु गर्ने काम भएको छ । प्रहरि,नेपाली सेना र नगरको जेसिवीले दिन प्रतिदिन रात दिनमा दुख खेपिरहेका छन् । सडकको माथिको भागको सुख्खा गिट्ठिद्धारा जमिनको भुभाग खस्दा दैैनिक दिन बाटो अवरुद्ध हुने गरेको छ । सुख्खा पहिरो रोकथाम र दिर्घकालिन उपाएका वारेमा सडक डिभिजन कार्यालय विरेन्द्रनगर सुर्खेतले चासो नदिएको स्थानीयको भनाई छ । उक्त सडकको ५सय मिटर क्षेत्रमा सुख्खा पहिरो झर्ने गरेको छ । दैनिक दिन सुख्खा पहिरोले सडक अवरुद्ध गरेता पनि सडक डिभिजनले बाटो सुचारुको लागि पहल र सहयोग नगरेको स्थानीय व्यवसायीहरुले वताउँने गरेका छन् । एकातर्फ सडक जिर्ण र अर्को तर्फ सुख्खा पहिरोले सडक अवरुद्ध पार्ने गरेको छ । सडक अवरुद्ध हुदाँ घण्टौ सवारि साधान बाटोमै अलपत्र पर्ने गरेका छन् । सुर्खेत सडक डिभिजन कार्यालय प्रमख गुरु प्रसाद अधिकारिका अनुसार जिर्ण सडक मर्मतका लागि टेण्डर भैसकेको र आषाढ भित्रमा काम सकिने जनाउनु भएको छ ।

सुख्खा पहिरोले सडक अवरुद्ध पारेको विषय आफुहरुलाई जानकारि हुदाँहुदै समेत साधान स्रोत अभावले समयमा पहिरो हटाउन नसकिएको अधिकारीको भनाई छ । पहिरो ठिक समयमा नहटाउँदा नागरिकले दुख पाउने गरेका छन् । यता बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनका अनुसार नगरको जेसिवीले पहिरो हटाउन थालेको १ हप्ता भयो तर पहिरो आउने क्रम जारि छ । नगरकै साधान स्रोत प्रयोग गर्दा हैरानी भएको र यस तर्फ डिभिजनले खासै चासो नदेखाएको उहाँको भनाई छ । छिन्चु जाजरकोट सडक खण्ड सुर्खेत सडक डिभिजनले हेर्ने गरेको छ । तर सडकमा पहिरो आई आवत जावत ठप्प हुदाँ समेत ध्यान नदिनु भनेको सडक डिभिजन कार्यालय सुर्खेतको लाचारीपना भएको स्थानीयको ठहर छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website