जनअपेक्षा अनुरुप विकास निर्माणमा ढिलाई गर्दै कर्णाली सरकारले २ बर्ष वितायाे
सुर्खेत– सरकारले दुई बर्ष पुरा गरेको उपलक्ष्यमा कर्णाली प्रदेश सरकारले पनि समिक्षा गरेको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले न्यून स्रोत साधनका बाबजुद प्रदेश सरकारले विकासका लागि जनअपेक्षा अनुरुप प्रयासहरु सकारात्मक भएको बताउनु भएको छ । कर्णाली प्रदेशको दोस्रो वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दे प्रदेश प्रमुख कलौनीले सबै भन्दा कान्छो प्रदेशको रुपमा स्थापित कर्णाली प्रदेशले आफ्नो नाम र राजधानी तोक्न सफल भएजस्तै विकास निर्माणमा जनअपेक्षा अनुरुप निरन्तर लाग्न सुझाव दिनुभयो ।
त्यस्तै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले आफ्ना नयाँ संरचना तयार गर्दे प्रदेश सरकारले तादाम्यतताका साथ जनताका अपेक्षाहरु पुरा गर्न अब उत्साहपूर्ण तरिकाले अघि बढ्न आवश्यक रहेको औल्याउनु भयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौगोलिक विकटतासँगै न्यून स्रोतसाधनले पुर्नसंरचना तयार गर्दै जनअपेक्षा अनुरुप विकास निर्माणका कार्यहरुमा केही ढिलाई भएपनि अब तीव्र हुने बताउनुभयो । उहाँले सबै क्षेत्रको समन्वयमा कर्णालीको विकासका लागि हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्लो दुई वर्षमा प्रदेश सरकारले थुप्रै रचना निर्माणका आधारभूत कामहरु उल्लेख गर्नुभयो ।