जनचेतना मुलक प्रर्दशनमा शसस्त्र प्रहरी सल्यान ।

  २७ बैशाख २०७६, शुक्रबार १५:१३

सल्यानमा जिल्लाको शसस्त्र प्रहरिले जिल्लामा जनचेतनामुलक नमुना प्रदर्शनमा गरिरहेको छ।
प्राकृतिक बिपद तथा भै परि बिपद बाट कसरी बच्न सकिन्छ भनेर जनचेतनामुलक नमुना प्रर्दशनमा शसस्त्र प्रहरी जुटेको हो ।
जनचेतना प्रदर्शन अन्तर्गत पहिलो चरणमा जिल्लाका १० वटै पालिकाका मुकाम हरुमा नमुना प्रदर्शन गरिने शसस्त्र प्रहरी बल सल्यानका प्रमुख डिएसपि बिमल डाङीले जानकारी दिनुभयो ।

प्राकृतिक बिपद बाट कसरी बच्न सकिन्छ, सम्भावित घटना हुन नदिन के गर्ने लगाएतका बिषयमा १० वटै पालिका मुकामहरुमा नमुना प्रर्दशन गरिरहेको डिएसपि डाँगीले बताए।

प्राकृतिक बिपदको समयमा डढेलो, आगलागी तथा ग्यासबाट हुन सक्ने सम्भावित क्षतिबाट कसरी बच्ने भन्ने बिषयमा नमुना प्रर्दशन हुने उहाले बताउनु भयो।

शुक्रबार जिल्लाको सिद्ध कुमाख गाउँपालिकाको ढोरचौरमा बिपदबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा नमुना प्रर्दशन गरिएको छ। प्रदर्शनमा जनप्रतिनिधि, स्थानीयबासी ,ब्यापारि सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो।

प्रदर्शनमा आगलागि बाट वच्ने तरिका, घरको भान्सा तथा होटलहरुमा प्रयोग हुने ग्याँस सिलिण्डरमा आगलागि भए पछि निभाउने तरिकाका बारेमा जानकारि गराएको थियो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website