जनयुद्ध सम्बन्धी प्रचण्डको अभिव्यक्तिलाई लिएर कांग्रेसले जनायो आपत्ति

  १ फाल्गुन २०७६, बिहीबार २१:१७

खबरटक

काठमाडौँ — तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएकाे छ ।

सशस्त्र विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक र आपत्तिजनक रहेकाे भन्दै कांग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ।

`फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´भनेर कोइरालाले दाहाललाई यदि साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदै दाहालले सार्वजनिक गर्नुहुन्थ्योतर उहाँको निधन भएकोवर्षाैंपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ।’ विज्ञप्तीमा प्रवक्ताविश्वप्रकाश शर्माले भनेका छन्।

आपत्ति जनाउदै कांग्रेस जारी गरेको विज्ञप्ती:

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website