जन्मदिनको अवसरमा बिरामिलाई फलफुल र ब्लाङ्केट वितरण
शारदा नगरपालिका कार्यपालिका सदस्य, शारदा नगरपालिका वडा नं. ५ कि निर्वाचित महिला सदस्य तथा नेपाली काँग्रेस सल्यानकि युवा नेतृ पुष्पा नेपालीले आफ्नो २६ औ जन्मदिनको अबसरमा जिल्ला अस्पताल सल्यानमा फलफुल वितरण गरेर आफ्नो जन्मदिन मनाएकी छन् ।
सल्यान जिल्ला अस्पतालमा बिरामीहरुलाई फलफुल र ईमर्जेन्सी वार्डमा रहेका बिरामीहरुलाई प्रयोग गर्नको लागि६ पिस ब्लाङ्केट दिदै शारदा नगरपालिका न्यायिक सदस्य समेत रहेकी नेपालीले सबैको विरामीहरुको स्वास्थ्य लाभको कामना गरेकि छन् ।
आफुले आफ्नो जन्मदिनको अवसरमा गर्ने फजुल खर्च गर्नको साटो बिरामीहरुको लागि केहि सहजताको निम्ति ब्लाङ्केट र फलफलु वितरण गरेको जानकारी दिइन् ।
यस्तै फलफुल वितरण कार्यक्रममा सहभागि नेपाली काग्रेस जिल्ला कार्यसमिति सचिव प्रकाश भण्डारीले पुष्पा नेपाली बाट आम जनसमुदायले केहि सिक्नु पर्ने धारणा राख्नुभयो ।
फलफुल वितरण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सि पि वली, जिल्ला स्वाथ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ, जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर, नेपाल प्रेस युनियन सल्यानका प्रमुख अध्यक्ष यादव प्रसाद उपाध्यायनेपाली विद्यार्थी संघका उपाध्यक्ष प्रेम नारायण वि क, प्रेस युनियन सल्यानका उपाध्यक्ष राजेश कुमार शर्मा, स्वास्थ्य कर्मि लगाएतको सहभागिता रहेको थियो ।